कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

सिमरा गोल्डकप : हावाहुरीले खेल स्थगित

लक्ष्मी साह

बारा — सिमरा रंगशालामा भइरहेको जगदम्बा स्ट्रिल १४औं जीतपुरसिमरा गोल्डकप फुटबलको बिहीबार क्वाटरफाइनल खेल तीव्र हावाहुरीका कारण स्थगित भएको छ । 

सिमरा गोल्डकप : हावाहुरीले खेल स्थगित

एपीएफ र फ्रेन्ड्स क्लबबीच खेल चलिरहेका बेला तीव्र गतिमा हावाहुरी चलेपछि आयोजक र अफिसियलले खेल स्थगित गर्ने निर्णय लिएको थियो । फ्लडलाइटमा खेल चलिरहँदा एक्कासि हावाहुरी चलेपछि दोस्रो हाफको १३ औं मिनेटपछि रेफ्री उमेश बिडारीले खेल रोकेका थिए ।

रंगशालामा राखिएको होडिङ बोर्ड उडेर एक दर्शकको लाग्दा चोट लागेको छ । ५८ औं मिनेटपछि स्थगित खेल शुक्रबार बिहान ८:३० बजेपछि सुरु हुने आयोजक नवजनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले बताए । स्थगित हुनुअघिको खेल निकै प्रतिस्पर्धात्मक थियो । मकवानपुर ११ हेटौंडालाई पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाएको एपीएफ र सिधैं क्वाटरफाइनल खेलेको फ्रेन्ड्सले थुप्रै अवसर सिर्जना गरे पनि गोल हुन सकेको थिएन ।

खेलको ११ औं मिनटमा एपीएफले अग्रता लिने अवसर गुमाएको थियो । शरण बस्नेतले पेनाल्टी बक्सभित्र दिएको पासलाई बुद्धिमान राईले सदुपयोग गर्न सकेनन् । उनको फितलो प्रहार फ्रेन्ड्सका गोलरक्षक अभिषेक बरालले सहजै बचाए । १३ औं मिनटमा फ्रेन्ड्सका साइमन लिम्बूले वान भर्सेस वानको स्थिति सदुपयोग गर्न सकेनन् । पेनाल्टी बक्सबाहिर पाएको बललाई अघि बढाए पनि साइमनले पोस्टको दिशा दिन नसक्दा एपीएफका सुमन श्रेष्ठले क्लियर गरे ।

१५ औं मिनटमा फ्रेन्ड्सले अर्को राम्रो मौका गुमायो । कुशल देउवाले पेनाल्टी एरियामा निकालेको पासमा एन्जल महर्जनको प्रहार क्रसबार माथि गएपछि मौका गुमाए । १८ औं मिनटमा एपीएफका अनिश महर्जनले बक्सभित्रै पाएको अवसर खेर फाले । प्रदीप लामाको क्रसमा अनिशको प्रहार फ्रेन्ड्सका गोलरक्षकले जोगाए ।

२६ औं मिनटमा एपीएफको अर्को सशक्त प्रहार फ्रेन्ड्सका गोलरक्षक अभिषेकले बचाए । फ्रेन्ड्सका एन्जल महर्जनको प्रहार क्रसबारबाट रिबाउन्ड भयो । साइमन लिम्बुको कर्नर बलमा प्रशान्त अवस्थीको हेडिङलाई एन्जलले प्रहार गरेका थिए । रिबाउन्ड बलमा दीपेश घलेको अर्को प्रहार बारमाथि बाहिरियो ।

प्रकाशित : चैत्र ३०, २०८० ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?