कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

धनगढी हाफ म्याराथन वैशाख १ मा 

चित्रांग थापा

धनगढी — धनगढी जेसिजले नयाँ वर्षको अवसरमा वैशाख १ गते आयोजना गर्दै आएको हाफ म्याराथनको दसौं संस्करणलाई नेपाल एथलेटिक्स संघले स्वीकृति दिएको छ । 

धनगढी हाफ म्याराथन वैशाख १ मा 

अब धनगढीमा हुने यस हाफ म्याराथनमा कुनै नयाँ कीर्तिमान बनेमा त्यसले मान्यता पाउने आयोजक धनगढी जेसिजले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

धनगढी र सुदूरपश्चिम प्रदेशकै समग्र विकासका लागि ‘अब धनगढी दौडिन्छ’ भन्ने नारासाथ हुने दसौं धनगढी हाफ म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

नयाँ वर्षको दिन हुने प्रतियोगिताको अधिकांश तयारी सकिएको संयोजक आशिष शाहले बताए । सन् २०१४ देखि धनगढी हाफ म्याराथन हुँदै आएको छ ।

‘धनगढी हाफ म्याराथनले दसौं संस्करणबाट नेपाल एथलेटिक्स संघको स्वीकृति पाएको छ,’ संयोजक शाहले भने, ‘यस म्याराथनमा कुनै रेकर्ड बनेमा त्यसले राष्ट्रिय मान्यता पाउने छ ।’

धनगढी हाफ म्याराथन विजेताले ६६ हजार ६ सय ६६, उपविजेताले ४४ हजार ४ सय ४४ र तेस्रो हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । दौड धनगढी रंगशालादेखि सुरु भएर सहिद गेट हुँदै गेटा मेडिकल कलेजको मनहरा पुलको मोड भएर पुनः रंगशाला आएर समापन हुने धनगढी जेसिजका अध्यक्ष अरुण सिंहले बताए । महिला तथा कर्पोरेट र मिडियाको ५ किलोमिटर दुरीको दौड पनि हुनेछ । दुई विधाका विजेताले ६ हजार ६ सय ६६ उपविजेताले ४ हजार ४ सय ४४ र तेस्रो हुनेले ३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार पाउने अध्यक्ष सिंहले बताए । प्रतियोगिताको मुख्य प्रबर्धकमा जेसिज एभरेस्ट स्कुल र प्रायोजकमा चैतन्य पाठशाला छन् ।

प्रतियोगितालाई सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, सुदूरपश्चिम प्रदेश युवा परिषद्, धनगढी उपमहानगरपालिका र नवजीवन को–अपरेटिभ लिमिटेडको साथ छ ।

प्रकाशित : चैत्र २९, २०८० ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?