कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

यू–२१ राष्ट्रिय खो खो प्रतियोगिताको तयारी

काठमाडौँ — नेपाल खो खो संघको आयोजनामा महिला तथा पुरुष यू–२१ राष्ट्रिय खो खो प्रतियोगिता हुने भएको छ ।

यू–२१ राष्ट्रिय खो खो प्रतियोगिताको तयारी

सुदूरपश्चिम प्रदेशको धनगढीमा हुने प्रतियोगिता चैत २४ देखि २७ सम्म हुनेछ ।

लिगकम नकआउटको आधारमा हुने प्रतियोगितामा ६ प्रदेशमा कोशी, मधेश, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमले सहभागिता जनाउने छ । यस प्रतियोगितामा २४ प्रशिक्षक र २० निर्णायक संलग्न हुनेछन् ।

च्याम्पियनले ट्रफीसहित ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुने टिमले २० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट चेजर र रनरलाई जनही १० हजारबाट पुरस्कृत गरिनेछ ।

नेपाल खो खो संघका अध्यक्ष प्रदीप महर्जनले मंगलबार पत्रकार सम्मेलनमा पहिलो पटक उमेर समूहको खो खो प्रतियोगिता हुन लागेको बताए ।

प्रकाशित : चैत्र २०, २०८० २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×