कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

आयरल्यान्ड उल्भसमाथि नेपालको दोस्रो जित

विनोद पाण्डे

काठमाडौँ — नेपालले आयरल्यान्ड उल्भस (ए) लाई दोस्रो तथा अन्तिम ट्वान्टी २० क्रिकेटमा पनि पराजित गरेको छ । कुशल मल्ल र सोमपाल कामीले ३–३ विकेट लिएपछि नेपालले आयरल्यान्ड ‘ए’ लाई ७१ रनले पराजित गर्‍यो ।

आयरल्यान्ड उल्भसमाथि नेपालको दोस्रो जित

१ सय ९९ रनको लक्ष्य लिएर आएको आयरल्यान्ड ‘ए’ १८.३ ओभरमा १ सय २७ रनमा अलआउट भयो । यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार टस जितेपछि ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ९८ रन बनाएको थियो ।

ओपनर आसिफ शेख ९ बल खेली समान १ चौका र छक्का प्रहार गरि ११ रन बनाए । अर्का ओपनर कुशल भुर्तेलले १६ बल खेली समान २ चौका र छक्का प्रहार गरी २५ रन बनाए । अनिल साहले ११ बल खेली २ चौकासहित १२ रन बनाए ।

गुलशन झाले नेपालबाट सर्वाधिक ४६ रन बनाए । उनले ३२ बल खेली १ चौका र ४ छक्का प्रहार गरे । कुशल मल्लले ३४ रन बनाए । उनले सो क्रममा स्पिनर गेभिन होयको बलमा लगातार तीन छक्का प्रहार गरेका थिए । कुशलले १३ बल खेली १ चौका र ४ छक्का प्रहार गरे ।

कप्तान रोहित पौडेलले ३३ रन बनाए । उनले २४ बल खेली ५ चौका प्रहार गरे । सन्दीप जोरा इनिङ्सको अन्तिम बलमा आउट भए । उनले १० बल खेली ३ चौका र १ छक्का प्रहार गरि २१ रन बनाए । विवेक यादव ८ बल खेली ७ रनमा अविजित रहे ।

आयरल्यान्ड ‘ए’ बाट म्याथ्यु फोस्टरले ३ र बेन हृवाइटले २ विकेट लिए । तर दुबै महङ्गा परे । फोस्टरले ४ ओभरमा ४२ र हृवाइटले ४० रन खर्चे ।


जवाफमा आयरल्यान्डले पनि उत्कृष्ट सुरुआत गरेको थियो । रोस एडाएर र स्टेफन डहनीले ४ ओभरमा ४२ रन जोडी आइरिस टोलीलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । डहनीलाई सोमपालले पाँचौं ओभरको अन्तिम बलमा आउट गराए । डहनीले १३ बल खेली ४ चौका र १ छक्का प्रहार गरि २६ रन बनाए ।

त्यसको दुई बलपछि मल्लले एडाएरलाई पनि १७ रनमा आउट गरे । उनले १७ बल खेली ३ चौका प्रहार गरे । त्यसपछि आयरल्यान्ड ‘ए’ लाई अर्को बाउन्ड्री प्रहार गर्न झन्डै ८ ओभर लागेको थियो । केड केरमाइकल १८, मोर्गन टपिङ २१, कप्तान निल रक १७ र ग्यारेथ डेलानीले १५ रन बनाए ।


नेपाल सोमबार पहिलो खेल ६ विकेटले जितेर शृंखलामा अगाडि रहेको छ । नेपालले पहिलो खेल खेलेको टोलीबाट दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीलाई खेलाएको छैन । उनीहरुको स्थानमा अनिल साह र विवेक यादवलाई खेलाएको छ । दीपेन्द्रले पहिलो खेलमा अविजित २० रन बनाएका थिए भने लतिलले २ विकेट लिएका थिए ।

आयरल्यान्डसँगको यस खेलपछि नेपाल बिहीबार भारतको भापीमा हुने गुजरात र बडौदाको टोली सम्मिलित त्रिकोणात्मक शृंखला खेल्न लाग्ने छ । नेपालले अर्को महिना ओमानमा एसिया कप ट्वान्टी २० छनोट तथा जुनमा अमेरिका र वेस्ट इन्डिजमा ट्वान्टी २० विश्वकपमा प्रतिस्पर्धा गर्दैछ ।

त्यसपछि आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ सँग तीन ट्वान्टी २० र तीन ५० ओभरको खेल खेल्ने छ ।

प्रकाशित : चैत्र १३, २०८० १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?