कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नेपाल र बहराइनको खेल दशरथ रंगशालामा नहुने

काठमाडौँ — नेपाल र बहराइनबीच हुने पर्ने विश्वकप र एसिया कप छनोटको खेल दशरथ रंगशालमा नहुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो खेल नेपालमा नहुने शुक्रबार जनाएको छ । एन्फाले चैथ ८ मा हुनुपर्ने खेल तटस्थ भूमिका हुने र यसबारे चाँडै घोषणा हुने पनि जनाएको छ ।

नेपालले बहराइनविरुद्धको दोस्रो लेगको खेल भने चैत १३ मा खेल्नेछ र यो खेल बहराइनमा हुनेछ । एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय फुटबलका लागि उपयुक्त नहुने बताएपछि बहराइनविरुद्धको खेल अन्यत्र सार्न बाध्य हुनु परेको हो । एएफसी प्रतिनिधिले हालै मात्र रंगशालाको निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा रंगशालाको घाँस मरेर मैदान खेतजस्तो बनेको थियो । गत साता मात्रै दशरथ रंगशालामा रग्बीको क्लब च्याम्पिनयसिप भएको थियो र त्यसले मैदानलाई अझ बिगार्न मद्दत पुर्‍याएको थियो । यस्तै नेपाल सुपर लिग (एनएसएल) को आयोजनापछि दशरथ रंगशालामा विभिन्न स्कुलले आफ्नो वार्षिक खेलकुद कार्यक्रम पनि आयोजना गरेका थिए ।


प्रकाशित : फाल्गुन १९, २०८० ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×