कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

वाफ वुमेन्स च्याम्पियनसिप : नेपालको सेमिफाइनल स्थान निश्चित

काठमाडौँ — वाफ वुमेन्स च्याम्पियनसिप २०२४ मा नेपालको सेमिफाइनल स्थान बिहीबार निश्चित भएको छ । प्रतियोगिताको समूह ‘बी’ को खेलमा प्यालेस्टाइनले सिरियालाई १–० ले हराएपछि यो समीकरण तयार भएको हो ।

वाफ वुमेन्स च्याम्पियनसिप : नेपालको सेमिफाइनल स्थान निश्चित

नेपालसँगै प्यालेस्टाइन पनि अन्तिम चारमा पुगेको छ । यसअघि नेपालले इराकलाई ५–० ले हराएको थियो । दुवै टिमले लगातार दुई जित निकालेका छन् र यससँगै दुवै टिमको समान छ अंक भएको छ । गोल अन्तरको आधारमा नेपाल समूहको शीर्षमा छ ।

यो नतिजासँगै प्रतियोयोगितामा सिरिया र इराकको चुनौती समाप्त भएको छ । शनिबार उनीहरूबीचको लिग चरणको खेल औपचारिक मात्र रहनेछ । त्यही दिन नेपालले प्यालेसइनको सामना गर्नेछ र यसको नतिजाले समूहको शीर्षमा रहने टिम निश्चित गर्नेछ ।

प्रतियोगिताको अर्को समूहबाट तीन पल्टको डिफेन्डिङ च्याम्पियन जोर्डन र लेवनान सेमिफाइलन पुगिसकेका छन् । दुवै टिमले लगातार दुई जित निकालेर यो उपलब्धी हात पारेको हो ।

यस समूहबाट आयोजक साउदी अरेबिया र ग्वामको चुनौती समाप्त भइसकेको छ । शुक्रबार लेवनान र जोर्डन तथा साउदी अरेबिया र ग्वामबीच खेल हुनेछ । लेवनान र जोर्डनबीचको खेलले समूह विजेता निर्धारण गर्नेछ ।

प्रकाशित : फाल्गुन ११, २०८० ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×