कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

वाफ वुमेन्स च्याम्पियनसिप : नेपालका लागि सावित्राको ५० औं गोल पूरा

हिमेश

काठमाडौं — सावित्रा भण्डारीको ह्याट्रिकसहित पाँच गोलको मद्दतले नेपालले वाफ वुमेन्स च्याम्पियनसिप २०२३ मा बिहीबार इराकलाई ५–० ले पराजित गरेको छ । प्रतियोगिताको समूह ‘बी’ को आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियाको जेद्दामा भएको खेलमा यो सजिलो जित निकालेको हो ।

वाफ वुमेन्स च्याम्पियनसिप : नेपालका लागि सावित्राको ५० औं गोल पूरा

यस जितसँगै नेपालको दुई खेलबाट ६ अंक भएको छ । नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सावित्राले गरेको गोल संख्या कीर्तिमान ५० पुगेको छ । नेपालका लागि उनको यो कीर्तिमान पाँचौं ह्याट्रिक पनि हो । सावित्राले नेपालका लागि अहिलेसम्म खेलेका खेलमध्ये २५ मा गोल गरेकी छिन् ।

किङ्ग अब्दुल्लाह स्टेडियमको रिजर्भ मैदामा भएको खेलमा सावित्राले १४ औं मिनेटमा पहिलो गोल गरिन् । रेखा पौडेलको थ्रु बललाई नियन्त्रणमा लिंदै उनले गोल गरेकी हुन् । उनको दोस्रो गोल १६ औं मिनेटमा सम्भव भएको थियो । साउदी गोलरक्षक र डिफेन्सबीचको तालमेल नमिल्दा सावित्रासामु गोलको अवसर बनेको थियो ।

उनले ३७ औं मिनेटमा ह्याट्रिक पूरा गरिन् र यसका लागि पूरा रानाको क्रसलाई उनले हेड गरेकी हुन् । सावित्राको चौथो गोल ४४ औं मिनेटमा सम्भव भएको थियो, जति बेला उनले आफ्नै प्रहारको रिबाउन्डमा गोल गरेकी हुन् । दोस्रो हाफको ७९ औं मिनेटमा प्रीति राईको पासमा उनले पाँचौं गोल गरिन् ।

प्रकाशित : फाल्गुन १०, २०८० २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×