कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

भैरहवामा साई ग्लोबल कप टी–२०

दीपेन्द्र बडुवाल

भैरहवा — रूपन्देही जिल्ला क्रिकेट संघको आयोजनामा मंगलबारदेखि जिल्लास्तरीय अन्तरसाई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ । जिल्लाका दुई दर्जनभन्दा बढी कलेज सहभागी दोस्रो संस्करणको प्रतियोगिता एक सातासम्म चल्नेछ । 

भैरहवामा साई ग्लोबल कप टी–२०

आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी संघले प्रतियोगिताबारे जानकारी गराएको हो । ‘मुलुकको क्रिकेटमा रूपन्देहीले छुट्टै पहिचान बनाउन सफल छ, संघले क्रिकेटका लागि विकासमा स्कुल र कलेजस्तरका प्रतियोगितामा जोड दिइरहेको छ,’ संघका अध्यक्ष हरिबहादुर थापाले भने, ‘भविष्यका निम्ति नयाँ प्रतिभा उत्पादन गर्न निरन्तर लागिरहेका छौं ।’ उनका अनुसार संघले आफ्नो वार्षिक योजनाअनुरूप विद्यालयस्तरीय प्रतियोगिता, प्रधानमन्त्री कप पुरुष क्रिकेट र तीन दिवसीय क्रिकेट प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ ।

जिल्लास्तरीय अन्तरकलेज प्रतियोगितालगत्तै रूपन्देही सुपर लिग सुरु हुनेछ । अन्तरकलेज प्रतियोगितालाई साई ग्लोबल एकेडेमीले प्रमुख प्रायोजन गरेको छ । संघका सचिव सञ्जय गुरुङका अनुसार प्रतियोगितामा विजेता टिमले नगद ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद २५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र, प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । प्लेयर अफ द सिरिजले ५ हजार, बेस्ट ब्याटरले २ हजार ५ सय र बेस्ट बलरले २ हजार ५ सय रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र पाउनेछन् । एक अनुशासित टिमलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता संयोजक पुनीत पोखरेलले संघले विद्यालयस्तरबाट आयोजना गर्ने यस्ता प्रतियोगिताले जिल्लाबाट दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुगिरहेको बताए । प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएका छन् । प्रतियोगितामा यस पटक २६ टिम सहभागी हुँदै छन् ।

प्रकाशित : फाल्गुन ७, २०८० ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×