नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त भएका छन् । भारतीय टोलीका पूर्वअलराउन्डरसमेत रहेका ५९ वर्षीय प्रभाकरलाई नेपाल क्रिकेट संघ(क्यान) ले सोमबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । 

प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका थिए । यसअघि उनी अफगानिस्तान क्रिकेट टिममा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । त्यस्तै उनी रणजी ट्रफीमा दिल्ली, राजस्थान र उत्तर प्रदेश टिमको पनि प्रशिक्षक थिए ।

यसअघि नेपालका पुबुदु दासानायकले बीचमै छोडेपछि मुख्य प्रशिक्षक पद रिक्त रहेको थियो । 'नेपालमा रहेको क्रिकेटप्रतिको लगाव, उनीहरूको प्रतिभा र कौशल देख्दा म नेपाललाई क्रिकेटको शक्तिको रूपमा विकास गर्न नेपाली राष्ट्रियक्रिकेट टिमसँग सहकार्यका लागि तयार छु,' प्रभाकरको भनाइ उद्धृत गर्दै क्यानको विज्ञप्तिमा भनिएको छ ।

प्रभाकर सन् १९९९ मा खेल मिलेमतोको विवादमा मुछिएका थिए । उनलाई बीसीसीआईले भारतीय टिममा खेल्न प्रतिबन्धसमेत लगाएको थियो । त्यस्तै खेलाडी र छनोटकर्ताका बारेमा सार्वजनिक रूपमै आलोचना गरेपछि उनलाई दिल्ली क्रिकेट टिमले पनि प्रशिक्षकबाट हटाएको थियो ।

प्रभाकर क्रिकेटबाट भारतीय राजनीतिमा प्रवेश गर्न खोजे पनि असफल भएका पात्रसमेत हुन् । उनी सन् १९९६ मा लोकसभा चुनावमा दक्षिण दिल्लीबाट कांग्रेसबाट उम्मेदवारी दिएका थिए । तर उनी पराजित भएका थिए । उनी सन् २०१५ मा अफगानिस्तान क्रिकेट टिमको बलिङ प्रशिक्षक भएका थिए । उनकै प्रशिक्षणमा अफगानिस्तानले सन् २०१६ मा भारतमा भएको ट्वान्टी-२० विश्वकप खेलेको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण २३, २०७९ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्

नागरिकतामा अपमानजनक नाम नलेख्न र विगतमा जारी भएकाको सच्चाउन गृह मन्त्रालयको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — गृह मन्त्रालयले 'अपमानजनक' शब्द प्रयोग गरी नागरिकता जारी नगर्न र यसअघि जारी भएका नागरिकता पनि सम्बन्धित व्यक्तिले सच्याउन चाहे सच्याइदिन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । 

अपमानजनक नामहरु राखी नागरिकता जारी भएकोबारे कान्तिपुर लगायतका संचार माध्यममा समाचार आएपछि गृह मन्त्रालयले यस विषयमा ध्यानाकर्षण भएको जनाएको छ । गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै दुई बुँदे निर्देशनबारे जानकारी दिएका हुन् ।

'अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने' विज्ञप्तिमा छ,'त्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने ।'

प्रकाशित : श्रावण २३, २०७९ १७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×