कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

खोप नलगाएका नोभाक फ्रेन्च ओपन र विम्बल्डनबाट पनि बाहिर रहन सक्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — टेनिस स्टार नोभाक जोकोभिचले कोभिड-१९ विरुद्धको खोप नलगाएकै कारण आफूलाई फ्रेन्च ओपन र विम्बल्डनमा भाग लिनबाट पनि वञ्चित गरे त्यसका लागि समेत तयार रहेको बताएका छन् ।

खोप नलगाएका नोभाक फ्रेन्च ओपन र विम्बल्डनबाट पनि बाहिर रहन सक्ने

बीबीसीलाई अन्तर्वार्ता दिँदै २० पटकका ग्रान्डस्ल्याम च्याम्पियनले आफूले खोप नलगाएको बताउँदै त्यसैका कारण आगामी दुई ठूला प्रतियोगितका साथै अन्य प्रतियोगिताबाट पनि बाहिरिन तयार रहेको बताएका हुन् । 'म खोप नलगाएबापतको मूल्य चुकाउन तयार छु,' उनले भने ।

'मेरो निर्णयले के प्रभाव पार्छ भन्ने मलाई राम्रोसँग थाह छ,' उनले भने, 'मैले अहिले खोप नलगाएका कारण धेरैजसो प्रतियोगितका लागि यात्रा गर्न पाउदिनँ ।'

उनले आफू खोप विरोधी नभए पनि व्यक्तिगत निर्णयको सबैले सम्मान गर्नुपर्ने बीबीसीलाई दिएको अन्तर्वार्तामा बताएका छन् । 'म कहिल्यै पनि कोभिड-१९ खोपको विरुद्धमा छैन,' उनले भने, 'तर मेरो शरीरमा के लगाउने के नलगाउने भन्ने मेरो व्यक्तिगत निर्णय हो ।'

जोकोभिच गत महिना अस्ट्रेलियन ओपन खेल्न पुगे पनि खोप नलगाएकै कारण उनको भिसा रद्ध गर्दै अस्ट्रेलियाले फिर्ता पठाइदिएको थियो । उनले अस्ट्रेलियन ओपन टेनिस खेल्न पाऊँ भन्दै गरेको अपिललाई अस्ट्रेलियाको संघीय अदालतले खारेज गरेपछि उनले अस्ट्रेलियन ओपन टेनिस प्रतियोगितामा भाग लिन पाएनन् ।

प्रकाशित : फाल्गुन ३, २०७८ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?