कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जोकोभिचले अस्ट्रेलियन ओपन टेनिस खेल्न नपाउने

काठमाडौँ — टेनिस स्टार नोभाक जोकोभिचले अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने भएका छन् ।

जोकोभिचले अस्ट्रेलियन ओपन टेनिस खेल्न नपाउने

जोकोभिचले आफूलाई अस्ट्रेलियन ओपन टेनिस खेल्न पाऊँ भन्दै गरेको अपिललाई अस्ट्रेलियाको संघीय अदालतले खारेज गरेपछि उनले अस्ट्रेलियन ओपन टेनिस प्रतियोगितामा भाग लिन नपाउने भएका हुन् ।

अदालतका तीन जना न्यायाधीशले ३४ वर्षीय जोकोभिचको अपिल खारेज गरेको बीबीसीले जनाएको छ ।

कोरोना भाइरसविरुद्धको भ्याक्सिन नलगाएको भन्दै अस्ट्रेलियाले जोकोभिचको भिसा रद्द गर्दै आएको थियो ।

सम्बन्धित समाचार:
अस्ट्रेलियाद्वारा दोस्रो पटक जोकोभिचको भिसा रद्द

प्रकाशित : माघ २, २०७८ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?