कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अरहान्त र भावना च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौँ — अरहान्तकेशर सिंह र भावना सुनुवार तेस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वासको च्याम्पियन भएका छन् । पुरुषमा अरहान्त र महिलामा भावनाले उपाधि जितेको यो लगातार तेस्रोपल्ट हो ।

अरहान्त र भावना च्याम्पियन

शनिबार सातदोबाटोस्थित स्क्वास एकेडेमीमा सम्पन्न फाइनलमा अरहान्तले अमृत थापामगरलाई ११–७, ७–११, ११–८, ११–६ को सेटमा हराए । भावनाले कृष्णा थापालाई ११–५, ११–७ र ११–१ को सोझो सेटमा हराइन् ।

मास्टर्स ५० वर्षमाथि सुदीपबहादुर सिंहले दिलीपनरसिंह अधिकारीलाई ११–६, ११–८, ११–५ को सेटमा हराउँदै उपाधि जिते । यू–१५ ब्वाइज सिंगल्समा विकास मगरले स्वर्ण जित्दा फाइनलमा सलिम थापामगरलाई ११–४, ११–५ को सोझो सेटमा हराए । सोही उमेरको गल्र्समा सपना ब्लोन च्याम्पियन भइन् । उनले फाइनलमा मुस्कान राउतलाई ११–४, ११–३ ले हराइन् । यू–१९ ब्वाइजतर्फ फाइनलमा अमिर ब्लोनले विजय मगरलाई ११–९, ११–३, ११–३ को सेटमा हराएर उपाधि हात पारे ।

पुरुष सिंगल्सको प्लेटतर्फ अमिर ब्लोन विजयी भए । उनले फाइनलमा स्टिभ फ्रान्सिसलाई १२–१०, ११–९, ६–११, ११–८ को सेटमा पन्छाए ।विजेता खेलाडीले नगद पुरस्कार पाएका थिए । किशोर महर्जनले आमा धनलक्ष्मीको स्मृतिमा तीन वर्षदेखि प्रतियोगितालाई प्रायोजन गर्दै आएका छन् । महर्जन आयोजक नेपाल स्क्वास र्‍याकेट्स संघका अध्यक्ष हुन् । विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले पुरस्कृत गरे ।

प्रकाशित : श्रावण २७, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?