१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

म्यानचेस्टर एफएकप फाइनलमा

एएफपी

काठमाडौँ — आन्डेर हेरेराको विजयी गोलको मद्दतले म्यानचेस्टर युनाइटेडले शनिबार राति कीर्तिमान राख्दै २० औं पल्ट एफएकपको फाइनलको यात्रा तय गरेको छ ।

म्यानचेस्टर एफएकप फाइनलमा

म्यानचेस्टरले गएरातिको खेलमा टोटनहामलाई २–१ ले हराएको हो ।


टोटनहम प्रतियोगिताको अन्तिम चारणमा रोकिएको यो लगातार आठौं पल्ट हो । टोटनहमले डेल अलिको गोलले ११ औं मिनेटमा अग्रता लिएको थियो । युनाइटेडका लागि एलेक्स सान्चेजले २१ औं मिनेटमा बराबरी गोल गरे ।

हेरोरले ६२ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

प्रकाशित : वैशाख ९, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?