कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डीपीएल-२ क्रिकेटमा विराटनगर किंग्सको पहिलो जित

धनगढी — रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)-२  क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा विराटनगर किंग्सले पहिलो जित हात पारेको छ । प्रदेश ७ को संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा भएको खेलमा रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले हराउँदै पहिलो जित निकालेको हो । 

डीपीएल-२ क्रिकेटमा विराटनगर किंग्सको पहिलो जित

टस हारेर व्याटिङको निम्तो पाएको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८१ रन बनाएको थियो ।


१८२ रनको विजय लक्ष्य पछ्याएर व्याटिङको लागि आएको रुपन्देही च्यालेन्जर्स २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रन मात्रै बनाउन सक्यो ।


रुपन्देहीका प्रदीप ऐरीले ५० बलमा ५४ रन बनाए भने दीपक प्रसादले १७ बल खेल्दै २२ रन बनाए । सुशन भारीले २१ रन तथा कप्तान शक्ति गौचनले १४ रन बनाए ।


रुपन्देहीलाई सस्तैमा समेट्ने क्रममा विराटनगर किंग्सका सुभम कामतले ४ ओभर बलिङ गर्दै १८ रन खर्चिए भने ३ विकेट लिए ।


रामनरेश गिरीले २ विकेट लिए भने कप्तान पारस खड्काले १ विकेट लिए ।


रुपन्देही च्यालेन्जर्सले टस जितेपछि व्याटिङमा निम्त्याइएको विराटनगरबाट ओपनरद्वय अनील कुमार साहले ३६ र दीलिप नाथले ४३ रन बनाए ।


बाबर हायतले ३५ बल खेली ४ चौका र ४ छक्का प्रहार गर्दै ५८ रन बनाए ।


कप्तान पारस खड्का २२ रनमा आउट भए । सौरभ खनाल १७ रनमा अविजित रहे ।

रुपन्देहीबाट सुफियान महमुदले २ तथा जितेन्द्र मुखिया र सागर पुनले १/ विकेट लिए ।

यसअघि भएका खेलमा विराटनगर किंग्सले महेन्द्रनगरसँग हार व्यहोरेको छ भने रुपन्देहीले दुई खेलमा दुवै खेल पराजित हुन पुगेको छ ।

हामी ट्विटरबाट प्रत्यक्ष अपडेटमा छौं ।

प्रकाशित : चैत्र २१, २०७४ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?