कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बार्सिलोना र रियल दुवै विजयी

एएफपी

म्याड्रिड — स्पेनी ला लिगमा शनिबार राति बार्सिलोना र रियल म्याड्रिड दुवै विजयी रहे । बार्सिलोनाले लियोनल मेसीको अनुपस्थितिमा पुछारको मालागालाई २–० ले हरायो । 

बार्सिलोना र रियल दुवै विजयी

यससँगै बार्सिलोनाले शीर्ष स्थानमा ११ अंकको अग्रता प्राप्त गरेको छ । मेसी आफ्ना तेस्रो छोराको जन्मका कारण खेलमा उपस्थित हुन सकेनन । उनी विना बार्सिलोनाका लागि लुइस स्वारेज र फिलिपे कोउटिन्होले गोल गरे ।


अर्को खेलमा क्रिस्टियानो रोनाल्डोको दुई गोलमा रियलले आइबरलाई २–१ ले हरायो । यस्तै अर्को महत्त्वपूर्ण खेलमा भ्यालेन्सियाले सेभियालाई २–० ले पन्छायो ।

प्रकाशित : फाल्गुन २७, २०७४ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?