कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

साइपालकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार 

बझाङ — साइपाल गाउँपालिकाकी एकजना गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

साइपालकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार 

साइपाल ४, धुलीगाउँकी २६ वर्षीया सुपारीकुमारी बोहरालाई सुत्केरी हुन नसकेपछि हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो । उच्च रक्तस्राव भएपछि उपचारका लागि स्थानीय धुली स्वास्थ्य चौकीमा आएकी बोहराको गर्भमा ३४ हप्ताको बच्चा रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । सुत्केरी हुनुअगावै अत्यधिक रक्तस्राव भएकोले जिल्लामा उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले बताइन् ।

उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नि:शुल्क उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले बताए । धुली बझाङको उत्तरी सीमामा पर्ने अन्तिम मानव बस्ती हो । हालसम्म सडक सन्जालले नछोएको साइपालबाट प्रत्येक वर्ष तीन/चार जना सुत्केरीहरुलाई यसरी नै उद्धार गरिँदै आएको छ ।


प्रकाशित : जेष्ठ १०, २०८१ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?