कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

एमाले कैलाली अधिवेशन : चौथो दिनसम्म अनिर्णित 

अर्जुन शाह

धनगढी — आइतबार सुरु भएको नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनले बुधबारसम्म नेतृत्वको टुंगो लगाउन सकेको छैन । केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले पहिलो दिन सहमति हुन नसके सोमबार नै मतदान प्रक्रिया सुरु गर्न भनेका थिए । 

एमाले कैलाली अधिवेशन : चौथो दिनसम्म अनिर्णित 

तर चौथो दिन पनि अध्यक्षसहित प्रमुख पदका आकांक्षीहरुबीच सहमति हुन नसकेपछि बुधबार निर्वाचन प्रक्रिया अघि बढाइएको प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले बताए ।

कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र नेता यज्ञ ढुंगानाले प्यानलसहित अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्ष पदमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गजेन्ऽ स्वार, दलबहादुर विष्ट, मदन ओझा, बीरेन्द्र बहादुर रावल, विष्णु बहादुर चौधरी, लोकेन्द्र शाही रहेका छन् । सचिव पदमा बिष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा, र ममता प्रसाद चौधरी उम्मेदवार भएका छन् । बिहीबार मतदान हुने भनिएको छ ।

एमाले कैलालीले पहिलो पटक अधिवेशन आगडि नै सहमति खोज्ने प्रयत्नका रुपमा आकांक्षीहरुलाई इच्छापत्र पेश गर्नुपर्ने विधि तय गरेको थियो । तर उक्त विधि पनि कामयाब हुन नसकेर अधिवेशन सुरु भएको चार दिनसम्म पनि इच्छापत्र पेश गरेको चार दिनसम्म पनि अध्यक्ष पदका आकांक्षी तीन जनाबीच सहमति हुन नसकेपर अधिवेशन अनिर्णित भएको हो ।

अध्यक्षसहित पदाधिकारी तहका पााच पदमा ५३ जनाले सोही दिन इच्छापत्र पेश गरेका छन् । एक सय ५२ सदस्यीय जिल्ला कमिटी चयन गर्न कैलालीमा १३ वटा स्थानीय तहबाट पाँच सय ९१ जना प्रतिनिधि रहेका छन् ।

प्रकाशित : फाल्गुन ९, २०८० २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×