कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कैलालीमा ट्याक्टर दुर्घटनामा २ को मृत्यु, २८ घाइते

अर्जुन शाह

धनगढी — कैलालीको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने ठाउँमा सोमबार राति से १ त ८८७० नम्बरको ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । 

कैलालीमा ट्याक्टर दुर्घटनामा २ को मृत्यु, २८ घाइते

दुर्घटनामा परी घाइते भएका भजनी–९ की चाहाना चौधरी र दिलरानी चौधरीको घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दले बताए ।

बर्दगोरिया गाउँपालिका ६ सुगरखालका आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किने क्रममा अनियन्त्रित भएर उक्त ट्याक्टर दुर्घटनामा परेको थियो । घाइतेहरूको घोडाघोडी अस्पतालमै उपचार भइरहेको छ । चालक सुरज चौधरी फरार रहेको र खोजी भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित : चैत्र ७, २०७९ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?