कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९३

एमाले पाल्पाको अध्यक्षमा घर्ती 

माधव अर्याल

पाल्पा — एमाले पाल्पाको १० औं अधिवेशनले ओमबहादुर घर्तीलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । घर्ती पार्टीका पूर्वसचिव तथा तिनाउ गाउँपालिकाका पूर्वअध्यक्ष हुन् । अध्यक्ष घर्ती तिनाउ गाउँपालिका–१, कचल स्थायी घरभई तानसेन नगरपालिका ४ मा बसोबास गर्छन् ।

एमाले पाल्पाको अध्यक्षमा घर्ती 

अध्यक्ष पदमा निवर्तमान सचिव रामजी पोखरेल र घर्ती आकांक्षी थिए । तर, सहमतिमा पदाधिकारी र सदस्य टुंगिएको छ ।

समिति उपाध्यक्षमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं १ का पूर्वसंयोजक विमल काफ्ले निर्विरोध भए । निवर्तमान सचिव भोजराज पोखरेल (रामजी) पुनः सचिवमा निर्विरोध चयन भए । उपसचिवमा निवर्तमान उपसचिव दिपक विश्वकर्मा र अखिल नेपाल महिला संघकी अध्यक्षसमेत रहेकी मीना जीसी (कार्की) निर्विरोध भए ।

जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकालाई समेटेर १ सय ५ सदस्यीय जिल्ला कमिटी चयन भएको एमाले पाल्पाले जनाएको छ ।

सचिवमा विमल काफ्ले र दिपक विश्वकर्मा आकांक्षी थिए । अधिवेशनका लागि ४ सय ५० प्रतिनिधि सहभागी थिए । आदिवासी जनजाति, दलित, पिछडिएको क्षेत्रलाई समेत जिल्ला कमिटिमा समेटिएको छ । जिल्ला कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य र १५ प्रतिशत युवा अनिवार्य गरिएको छ ।

एमाले महासचिव शंकर पोखरेलले शुक्रबार उद्घाटन गरेको अधिवेशनले अध्यक्ष धनेन्द्रराज घिमिरेले प्रस्तुत गरेको राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ । पाल्पामा २००६ सालमै कम्युनिष्ट पार्टीको सेल गठन भएको हो ।

प्रकाशित : जेष्ठ १२, २०८१ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?