कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

नवलपरासीको भारतीय सीमानाका बिहीबारदेखि ४८ घण्टाका लागि बन्द

नवीन पौडेल

परासी — पूर्वी र पश्चिम नवलपरासीको भारतीय सीमानाका ४८ घण्टाका लागि बन्द हुने भएको छ । भारत विहारको बाल्मिकी नगर र चम्पारणमा हुन लागेको लोकसभा निर्वाचनलाई लक्षित गर्दै सीमानाका बन्द गर्न लागिएको हो ।

नवलपरासीको भारतीय सीमानाका बिहीबारदेखि ४८ घण्टाका लागि बन्द

पूर्वी र पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जेठ १० गते बिहान ६ बजेदेखि जेठ १२ गते बेलुका ६ बजेसम्म जिल्लाका सबै नाका बन्द हुने जानकारी गराएको हो ।

पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर कुँवरले भारतमा हुन लागेको लोकसभा जनरल इलेक्सन २०२४ को सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सीमानाका बन्द गरिएको बताए ।

निर्वाचनलाई मध्यनजर गर्दै नेपाल र भारततर्फका सीमा नाकामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

प्रकाशित : जेष्ठ ९, २०८१ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?