कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

लुम्बिनी प्रदेशसभा : सोमबारदेखि स्थानीय सेवा विधेयकमा सैद्धान्तिक छलफल

देउखुरी — लुम्बिनी प्रदेश सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सदनमा पेस भएको छ । 

लुम्बिनी प्रदेशसभा : सोमबारदेखि स्थानीय सेवा विधेयकमा सैद्धान्तिक छलफल

आइतबार बसेको लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको पाँचौं बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले विधेयक पेस गरेका छन् । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १०७ को उपनियम २ बमोजिम विधेयक प्रदेशसभामा मुख्यमन्त्रीले प्रस्तुत गरेका हुन् । विधेयकमा ९ वटा खण्डहरु रहेका छन् ।

यसअघि तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको नेतृत्वको सरकारले लुम्बिनीमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रमाणीकरण भएर ऐंनको रुपमा जारी भइसकेको छ ।

लुम्बिनी प्रदेशसभा सचिवालयका प्रवक्ता ईश्वरी आचार्य प्रदेशसभामा मुख्यमन्त्रीले आइतबार पेस गरेको विधेयकका विषयमाथि सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा छलफल हुने बताए । छलफल भएपछि संशोधनका लागि ७२ घण्टे समय जारी हुन्छ र प्रदेश मामिला तथा कानुन समितिमा जाने उनले बताए ।

प्रकाशित : जेष्ठ ६, २०८१ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×