कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लुम्बिनीका मुख्यमन्त्री महरालाई सर्तैसर्तको विश्वासको मत 

देउखुरी (दाङ) — लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले संसद्को अंकगणितमा सफल भएपनि गठबन्धन दलकै विश्वास जित्नुपर्ने चुनौती देखिएको छ । शुक्रबार विहानसम्म विश्वासको मत नदिने भन्दै घुर्काइरहेका साना दललाई व्यवस्थापन गर्नुपर्ने शर्त रहेको छ । महरा सर्तैसर्तको घेराबन्दीमा छन् । शर्त पूरा नगरे सरकार नै ढल्न सक्ने जोखिम उत्तिकै छ । 

लुम्बिनीका मुख्यमन्त्री महरालाई सर्तैसर्तको विश्वासको मत 

महराको नेतृत्वको प्रदेश सरकारको प्रमुख शर्त आलोपालो मुख्यमन्त्री हो । एमाले र माओवादीबीच आधा–आधा समय मुख्यमन्त्री हुने समझदारी भएको छ ।

संघीय सरकारमा नयाँ गठबन्धन भएपछि कांग्रेसबाट मुख्यमन्त्री बनेका डिल्लीबहादुर चौधरी अल्पमतमा परेका थिए । लुम्बिनीमा ८६ सदस्य सांसद संख्या कायम छ । बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । केन्द्रमा भएको समीकरण अनुसार एमाले २९, माओवादी १०, जसपा ३ र नेकपा एस १ थिए । त्यसमा संख्या नपुगेपछि नवलपरासी २ (१) का स्वतन्त्र सांसद खड्क बस्नेतलाई मन्त्री बनाउने सर्तमा ४४ जनाको हस्ताक्षर गरेर चैत २३ गते प्रदेश प्रमुख कहाँ महराले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।

दावी पेश गर्नुअघि नै महरा सहित लुम्बिनीका दलले ७ बुँदे सहमती गरेर मन्त्रालय नै भागवण्डा गरेका थिए । जसमा एमालेले ५, माओवादीले मुख्यमन्त्री सहित ३, नेकपा एसकी भगवती अधिकारी र स्वतन्त्र खडक बस्नेतलाई सरकारमा सहभागी गराउने सहमति पत्रमा उल्लेख छ ।

केन्द्रमा नयाँ गठबन्धनमा सामेल भएपनि लुम्बिनीमा सहभागी हुन नमानेको ३ सदस्य रहेको जसपालाई मन्त्रालयको नामै उल्लेख गरेर २ वटा दिने सहमती भएको छ । जसमा हाल भएको सहरीमा पर्यटन थपेर सहरी विकास तथा पर्यटन मन्त्रालय र कृषि तथा भूमी व्यवस्था मन्त्रालय छन् । जसपाबाट दलका नेता भण्डारीलाल अहिर विना विभागीय मन्त्री छन् । उनी यसअघि कांग्रेसका डिल्लीबहादुर चौधरी नेतृत्वका सरकारमा कृषि मन्त्री थिए ।

भागवण्डापछि महरालाई समर्थन गरेको नागरिक उन्मुक्ती पाटीले समर्थन गरेपछि सांसदको समर्थन संख्या ४४ बाट ४८ पुगेको छ । महरा थप बलियो भए । चार सांसद रहेको नाउपालाई दुईवटा मन्त्रालय दिनुपर्नेछ ।

पहिलो चरणमा महराले एमालेबाट चेतनारायण आचार्य, माओवादीबाट दीपेन्द्रकुमार पुन मगर र जसपाबाट अहिरलाई बिनाविभागीय मन्त्री बनाएका थिए । आचार्यलाई अर्थ मन्त्रालय दिनुपर्ने सर्त छ ।

पहिलो चरणमै स्वतन्त्र र सबैदलबाट एक–एक जना मन्त्री बनाउनुपर्ने सर्त भएपनि सम्झौता पालना नगरेको भन्दै नाउप र नेकपा एसकी अधिकारीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने नदिने भन्नेमा शुक्रवार विहानसम्म द्धिविधामा थिए । विश्वासको मतपछि एसकी भगवती अधिकारीलाई सामाजिक विकास मन्त्रालय, नाउपलाई भौतिक पूर्वाधार मन्त्रालय दिन मुख्यमन्त्री महरा लचक भएका थिए । भौतिकमा नाउपाका धर्मबहादुर चौधरी जानेछन् । यसअघि उनी यसै मन्त्रालयमा थिए ।

जसपाले पनि अब बाँकी एउटा मन्त्रालय नदिए पछि हट्ने दवाव दिएको थियो ।

माओवादी संसदीय दल प्रमुख सचेतक इन्द्रजित थारुले गठबन्धनमा भएको सहमति अनुसार सबैलाई गठजोडलाई मिलाएरै लैजान मुख्यमन्त्री महरा सहमत भएको बताए । माओवादीबाट बाँके १ (१) की कृष्णा केसीलाई मन्त्री बनाइने उनले बताए ।

सरकार जोगाउन मन्त्रालयको संख्या थप्ने मुढमा मुख्यमन्त्री महरा छन् । तर, एमालेले मानेको छैन ।

विश्वासको मत लिएपछि सबैलाई मिलाएर सरकार विस्तार गर्ने महराले बताए । उनले ६ वटा संसदका विकास समितिका सभापति र मन्त्री बनाउने काम प्याकेजमै गर्न खाजेका छन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले विश्वासको मत पाएपछि थप छलफल गरेर वैशाख ३ देखि ५ गतेभित्र सबै टुंगो लगाइने बताए ।

चौधरीका एमाले र माओवादीबीच आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति भएको बताए ।

शुक्रबार भएको मतविभाजनको अवस्था :

जम्मा सदस्य : ८७

विश्वासको मत विभाजनमा सहभागी संख्या : ७६

पक्षमा : ४८

विपक्षमा : २८

अनुपस्थित : १०

निलम्बन : १

उपसभामुख मेनुका खाँड अनुपस्थित

प्रकाशित : चैत्र ३०, २०८० २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?