कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पाल्पाको हात्तीलुङमा टिपर दुर्घटना : दुई जनाको मृत्यु 

पाल्पा — पाल्पाको हात्तीलुङमा भएको सोमबार भएको टिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रुपन्देहीको देवदह खैरेनीबाट पाल्पाको धामिगास्थित चुनढुंगा खानीमा आउँदै गरेको लु २ ख ५६१ नम्बरको टिपर माथागढी गाउँपालिका–५, हात्तीलुङ आर्थोकघाटमा दुर्घटनामा परेको हो ।

पाल्पाको हात्तीलुङमा टिपर दुर्घटना : दुई जनाको मृत्यु 

पाल्पाको रहवास–खैरेनी सडकअन्तर्गत भएको दुर्घटनामा परी सोही टिपरका सहचालक रुपन्देही तिलोत्तमा नगरपालिका १६ बस्ने १८ वर्षीय मनीष परियार र सोही स्थान बस्ने चालक २४ वर्षीय प्रदीप कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न माथागढी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट टोली खटिएको छ ।

चुनढुंगा खानीमा चल्ने अधिकांश टिपरले अधिक भारवहन बोक्ने, तीव्र गतिमा गुडाउने र लापरबाही ढंगले लाइसेन्स नै नभएका चालकले चलाउने भएकाले माथागढी गाउँपालिका–५, हात्तीलुङ्ग नजिकै गिद्धे भीर क्षेत्रमा पटक–पटक दुर्घटना हुने गरेको छ । माथागढी गाउँपालिका–६, गोठादीमा माथा प्रहरी चौकी रहेपनि टिपर चालकसँगको मिलेमतो हुने गरेकाले यस भेगमा लापरबाही ढंगले सञ्चालन हुने गरेको स्थानीयको आरोप छ ।

प्रकाशित : फाल्गुन ७, २०८० १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×