कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

प्रहरीलाई निःशुल्क स्वास्थ्य शिविर

कमल पन्थी

बर्दिया — प्रहरी कर्मचारी, प्रहरी परिवार र पूर्व प्रहरी कर्मचारीका लागि सोमबार स्वास्थ्य शिविर सञ्चालन भएको छ । शिविरमा १ सय ६२ जना प्रहरी कर्मचारी, ५२ जना प्रहरी परिवार र पूर्व प्रहरी कर्मचारी गरी २ सय १४ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् ।

प्रहरीलाई निःशुल्क स्वास्थ्य शिविर

नेपाल प्रहरी श्रीमती संघ, लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्य तथा बर्दिया अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।

शिविरमा १ सय ६२ जना प्रहरी कर्मचारी, ५२ जना प्रहरी परिवार र पूर्व प्रहरी कर्मचारी गरी २ सय १४ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरुलाई आवश्यकताअनुसार निःशुल्क औषधी समेत वितरण भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए ।

शिविरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालका नाक, कान, घाँटी, रोग विशेषज्ञ, कोहलपुर डेण्टल अस्पतालका दाँत रोग विशेषज्ञ, भेरी अस्पताल नेपालगन्जका छाला रोग विशेषज्ञ, बर्दिया अस्पतालका स्त्री रोग विशेषज्ञ तथा जनरल फिजिशियन लगायत आँखा रोग विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रकाशित : फाल्गुन ७, २०८० १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×