कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

वर्षाअघि नै डुबानको समाधान खोज्‍न नेपालगन्जवासीको माग

रूपा गहतराज

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का स्थानीयहरूले प्रत्येक वर्ष डुबानमा पर्दै आएका वडालाई वर्षा हुनुअघि नै पूर्वतयारीको काम गर्न माग गरेका छन् । वडा कार्यालय १ मा पुगेर स्थानीयहरूले डुबानको विकल्प खोज्न वडालाई ध्यानाकर्षण गराएका हुन् ।

वर्षाअघि नै डुबानको समाधान खोज्‍न नेपालगन्जवासीको माग

वडा कार्यालयद्वारा आर्थिक वर्ष २०७९/०८० मा सम्पन्न कार्यक्रम तथा योजनाको विषयमा मंगलबार आयोजित सार्वजनिक सुनुवाइमा सहभागीहरुले हरेक वर्ष वर्षाको समयमा हुने डुबानको समस्या समाधान गर्न समयमै वडालाई ध्यानाकर्षण गराएका हुन् ।

सार्वजनिक सुनुवाइमा बोल्दै मुकुन्दबहादुर केसीले संविधानले दिएको अधिकार प्रयोग गरी वडाभित्र रहेका सार्वजनिक सम्पत्तिको संरक्षण गर्न वडा कार्यालय लाग्नुपर्ने बताए । कार्यक्रममा प्रकाश कुँवरले भौतिक संरचना निर्माण, बाटो, पुल र सडक मात्रै विकास हो भन्ने आम धारणा परिवर्त गराउनुपर्ने तर्क गरे । साथै युवा र बालबालिकाको क्षेत्रमा बजेट बिनियोजन गरी कार्यक्रम सञ्चालन गरिनुपर्ने उनको धारणा थियो ।

सहभागीहरुले उठाएका प्रश्न तथा सवालको जवाफ दिँदै वडा अध्यक्ष प्रमोद रिजालले भने, ‘वडाको समग्र विकासका लागि वडाको बजेटले मात्रै नभ्याउने भएकाले संघ, प्रदेश र अन्य निकायसँगको समन्वयमा काम गरिरहेका छौँ ।’

साथै रिजालले सबै वडावासीहरु, वडाबाट प्रतिनिधित्व गर्ने सांसदहरु र वडाका प्रतिनिधिको समन्वयमा काम गर्ने बताए ।

जवाफ दिने क्रममा अध्यक्ष रिजालले नाला निर्माण गर्दा कतिपय ठाउँमा मापदण्ड अनुसारको बन्न नसक्दा डुबानको समस्या आएको बताए । आगामी दिनमा मापदण्ड अनुसार गुणस्तरीय नाला निर्माणमा ध्यान दिने र डुबानको समस्या हुन नदिने प्रतिबद्धता गरे ।

सार्वजनिक सुनुवाइमा उठान भएका सवालहरुको सम्बोधन गर्दै ७ बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । घोषणा गरिएका प्रतिबद्धताहरुमा आगामी आर्थिक वर्षमा योग साधनाको लागि योग भवन निर्माण गर्ने, टोल तथा समग्र वडाको विकासका लागि सबै वडावासीहरु ऐक्यबद्ध हुने लगायत रहेका छन् ।

प्रकाशित : जेष्ठ ३०, २०८० १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?