२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

गण्डकीका मुख्यमन्त्री पाण्डेसहित दुई मन्त्रीले लिए शपथ 

दीपक परियार

पोखरा — गण्डकीमा बुधबार मुख्यमन्त्री नियुक्त सुरेन्द्रराज पाण्डेसहित दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

गण्डकीका मुख्यमन्त्री पाण्डेसहित दुई मन्त्रीले लिए शपथ 

सर्वोच्च अदालतको परमादेशले ठूलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका पाण्डेसहित कांग्रेसका विन्दुकुमार थापाले सामाजिक विकास र उर्जा र लमजुङका टकराज गुरूङले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री र मन्त्रीद्वयलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ खुवाए ।


प्रकाशित : जेष्ठ १६, २०८१ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?