कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बाढीले निर्माणाधीन जलविधुतको इन्टेकमा क्षति, बेनी–जोमसोम सडक अवरुद्ध

घनश्याम खड्का

म्याग्दी — मंगलवार राति परेको भारी वर्षापछि आएको बाढीले अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा निर्माणाधीन ६ मेगावाट क्षमताको रेलेखोला जलविधुत आयोजनाको बाँधमा क्षति पुर्‍याएको छ । 

आयोजनाका अनुसार वराहशिखर हिमालको पश्चिम पाटोमा पर्ने खयरवराहमुनिको पाखोमा भारी वर्षापछि आयोजनाको बाँध र इन्टेकमा कालोखोलामा आएको गेग्रानसहितको ठूलो बाढी पसेपछि बाँधमा क्षति पुर्‍याएको हो ।

आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेका अनुसार बाढीले बाँध तथा इन्टेकमा ठूलो गेग्रान थुप्रो लगाएको छ । ९० प्रतिशत भौतिक प्रगती रहेको रेलेखोला जलविधुत आयोजनामा बाढीले क्षति पुर्‍याउँदा असारमा परिक्षण उत्पादन थाल्ने लक्ष्य प्रभावित बनाएको छ ।

त्यसैविच बुधवार दिउँसो परेको मुसलधारे वर्षापछि अन्नपूर्ण गाउँपालिका-३ दानाको गुईठेभीरमा झरेको पहिरोले बेनी–जोमसोम सडकको अवरुद्ध भएको छ । मंगलवार साँझ देखि अवरुद्ध सडक बुधवार विहान खुलेको थियो । बुधवार दिउँसो ४–५ बजेसम्म परेको मुसलधारे वर्षाले फेरी पहिरो खसेको इलाका प्रहरी कार्यालय दानाका असई यमबहादुर थापाले बताए ।

त्यस्तै, अन्नपूर्ण गाउँपालिका-६ घारमा परेको मुसलधारे बर्षापछि आएको बाढीले पोखरे–चित्रे सडकको लुलाय, हल्लेखर्क क्षेत्रमा क्षति पुर्‍याउँदा यतायात अवरुद्ध भएको छ ।

प्रकाशित : जेष्ठ १६, २०८१ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×