कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

फेवातालमा डुंगा पल्टियो, ५ जनाको सकुशल उद्धार

कास्की — अचानक आएको हावाहुरीका कारण फेवातालमा डुंगा पल्टिएको छ । उक्त डुंगाबाट बालिकासहित पाँच जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बल, कालिका गण कास्कीले जनाएको छ ।

फेवातालमा डुंगा पल्टियो, ५ जनाको सकुशल उद्धार

प्रहरी प्रमुख एसपी अरूण पौडेलका अनुसार डुंगामा रहेका काठमाठौं महानगरपालिका २९ का ३० वर्षीय बिक्रम मिकारानी, २६ वर्षीया आशिफा भानु, ५४ वर्षीया अनैजा दिल शाह, ८ वर्षीया रजिना खातुन र १८ महिनाकी बालिका मिरा रानीको उद्धार गरिएको हो ।

मंगलबार दिउँसो ४ बजेतिर अचानक आएको हावाहुरीका कारण डुंगा पल्टिएको हो । त्यसक्रममा फेवातालको मत्स्यपालन केन्द्रको जालमा अड्किएको अवस्थामा उनीहरुलाई उद्धार गरिएको एसपी पौडेलले बताए ।

प्रकाशित : वैशाख ११, २०८१ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×