कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

चक्कु प्रहार गरी बाबुको हत्या गर्ने छोरा पक्राउ

तनहुँ — शुक्लागण्डकीमा २६ वर्षीय छोराले चक्कु प्रहारी गरी ७६ वर्षीय बाबुको हत्या गरेका छन् । 

चक्कु प्रहार गरी बाबुको हत्या गर्ने छोरा पक्राउ

म्याग्दे गाउँपालिका–६ घर भई हाल शुक्लागण्डकी–९ घारीस्थित छोरी रस्मी विकको घरमा बस्दै आएका ७६ वर्षीय बुबा राप बहादुर विकलाई उनकै २६ वर्षीय छोरा दिपक विकले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक दिपककुमार रायका अनुसार बिहीबार दिउँसो करिब २ः१५ बजेको समयमा दिपकले बाबुलाई धारिलो हतियार (चक्कु) प्रहार गरेका थिए ।

प्रहरीले उक्त घटनामा संलग्न दिपकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।


प्रकाशित : वैशाख ७, २०८१ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×