२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

पूर्वी नवलपरासीमा १६ सय २६ हेक्टरमा डढेलो  

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको १६ सय २६ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । चैत दोश्रो सातादेखि सुरु भएको डढेलोले यहाँको मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको वन क्षेत्र बढी प्रभावित भएको छ ।

पूर्वी नवलपरासीमा १६ सय २६ हेक्टरमा डढेलो  

डिभिजन वन कार्यालय कावासोतीका अधिकृत शिशिर लम्सालका अनुसार यसपटक यहाँ लागेको डढेलो सतही डढेलो हो । यस्तो डढेलोले साना दाउरा डढेर सखाप बनाएको छ । सतही डढेलोले खासगरी चराका गुँड नष्ट हुने र माटोको उर्वरा क्षमतामा ह्रास ल्याउने गर्छ । चैत दोश्रो सातादेखि बाक्लो वन क्षेत्रमा ह्वारह्वार्ती डढेलो लागेको हो । वर्षात् नभएका कारण नियन्त्रण हुन सकेको छैन ।

विनीयी त्रिवेणी र मध्यविन्दु नगरपालिकामा धेरै डढेलो लागेको छ । राष्ट्रिय वन, सामुदायिक वन , मध्यवर्ती सामुदायिक वन र चक्लावन्दी वनमा आगो लागेको हो । करिब ३ सातादेखिको डढेलोले वायु प्रदुषण बढेको छ भने तापक्रम बृद्धि भएको छ । वनजंगल जानेहरुले नियतवश आगो लगाउने गरेका छन् ।

जंगल आसपासको बस्ती र राजमार्ग छेउछाउमा लागेको आगोका कारण जोखिम बढ्दो छ । सामुदायिक वनका उपभोक्ताले आगो नियन्त्रणको काम गरिरहेका छन् । पर्याप्त सावधानी अपनाउँदा अपनाउँदै पनि डढेलो ह्वारह्वार्ती फैलिएको छ । वर्षात् नभएका कारण डढेलो नियन्त्रण हुन नसकेको वन अधिकृत लम्सालले बताए ।

'डढेलोले पर्यावरणमा ब्यापक असर गरेको छ । वायुप्रदुषण पनि बढाएको छ,' उनले भने । डिभिजन वन कार्यालयले डढेलो नियन्त्रणका लागि स्थानिय वन उपभोक्ता र सुरक्षाकर्मीसँग मिलेर नियन्त्रणको काम गरिरहेको लम्सालले जानकारी दिए । राजमार्ग आसपासको वनमा समेत डढेलो छ ।

प्रकाशित : वैशाख ३, २०८१ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?