कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

राप्रपाले निर्णय नगरेसम्म कसैले बहुमत पुर्‍याउन सक्दैन : पाण्डे

कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राप्रपाले निर्णय नगर्दासम्म प्रदेशमा कसैको पनि बहुमत नपुग्ने बताएका छन् । बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा पाण्डेले आफैंले अब नयाँ सरकार बनाउने प्रक्रिया सुरु गर्ने बताएका हुन् । 

राप्रपाले निर्णय नगरेसम्म कसैले बहुमत पुर्‍याउन सक्दैन : पाण्डे

राष्ट्रिय प्रजातन्त्र पार्टी दुवै गठबन्धनका लागि महत्वपूर्ण हुने भएकाले राप्रपाको २७ गतेसम्मको आन्दोलन नसकिएसम्म नयाँ सरकार बन्न नसक्ने पाण्डेको भनाइ छ । 'गण्डकीमा सरकार बनाउनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले महत्त्व राख्छ । उहाँहरू२७ गतेसम्म आन्दोलनको चरणमा हुनुहुन्छ, आन्दोलनको चरणमा हुँदा सरकार बनाउने,भत्काउने चरणमा लाग्दैनौँ भनेपछि मैले संसद्‍मा विश्वासको मत लिनुपर्छ भन्ने आवश्यकता ठानिनँ,' उनले भने, 'आजबाट सरकार बन्ने प्रक्रिया सुरु हुन्छ । सरकार बनाउने फेरि पहल हुनेछ । राप्रपाको निर्णय नहुन्जेलसम्म कसैले पनि बहुमत पुर्‍याउन सक्दैन ।’

आफू मुख्यमन्त्री रहँदा गण्डकी प्रदेशमा सुशासनको प्रत्याभूति दिलाउने गरी काम गरेको जिकिर पनि पाण्डेको छ । उनले गण्डकी प्रदेशलाई आत्मनिर्भर र समृद्ध प्रदेश बनाउने सिलसिलामा इमान्दारितापूर्वक आफूले काम गरेको बताए ।

६० सदस्यीय गण्डकी प्रदेशमा कांग्रेसको २७ सिट छ । दोस्रो ठूलो दलको हैसियतमा नेकपा एमालेको २२ सिट छ भने, ८ सिटसहित माओवादी केन्द्र तेस्रो स्थानमा छ । प्रदेशमा राप्रपाको दुई सिट रहेको छ भने स्वतन्त्र सांसदको पनि सहभागिता छ । सरकार बनाउन गण्डकीमा ३१ सिटको आवश्यकता पर्दछ । नयाँ सत्ता समीकरणअनुसार एमाले–माओवादी मात्र भएर सरकार गठन गर्ने स्थिति छैन । एमाले–माओवादीलाई राप्रपाको साथ चाहिन्छ भने कांग्रेसलाई पनि सहजै सरकार बनाउने स्थिति छैन ।

चैत ५ मा स्वतन्त्र सांसद दीपक मनाङेलाई भौतिक मन्त्री बनाएका मुख्यमन्त्रीले राप्रपाको साथ खोजेका छन् । राप्रपाले साथ दिए पनि सरकार बनाउने स्थिति नरहेपछि मुख्यमन्त्री पाण्डेले माओवादीको चुनाव चिह्न लिएर गोरखाबाट निर्वाचित भएका बाबुराम भट्टराई नेतृत्वको पार्टी नेसपाका फणीन्द्र देवकोटालाई फकाएका छन् । देवकोटाले साथ दिए भने पाण्डे नेतृत्वको सरकार बन्नेछ ।

प्रकाशित : चैत्र २१, २०८० १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×