कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

दम्पतीको हत्या

घनश्याम खड्का

म्याग्दी — पर्वतको जलजला गाउँपालिका-२ मल्लाज दहमा गएराति दम्पतीको हत्या भएको छ । म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वरदेखि पारीपट्टी दह एकान्तमा रहेको घरमा रहेका अन्दाजी ७० वर्षीय सूर्यबहादुर जिसी र अन्दाजी ६५ वर्षीया गमला जिसीको गएराति अज्ञात समूह/व्यक्तिले हत्या गरेको प्रहरीले जनाएको छ ।

दम्पतीको हत्या

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुसालका अनुसार घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुरसहित विशेषज्ञ टोली आउने क्रम रहेको छ छ । घटनास्थलको मुचुल्का तयार पार्ने काम अझै बाँकी छ । घटनास्थलमा प्रहरीले कसैलाई प्रवेश दिएको छैन ।

‘हामी घटनाको प्रारम्भिक रिपोर्ट लिएर घटनास्थल सुरक्षार्थ बसेका छौं । प्रदेश प्रहरी कार्यालयबाट प्राविधिक टोली आएपछि मात्र घटनाको मुचुल्का बनाउने र अनुसन्धानको काम अगाडि बढ्छ,’ घटनास्थलमा रहेका प्रनाउ भुसालले बताए ।

जलजला गाापा- २ का वडाध्यक्ष प्रकाश जिसीका अनुसार बिहान विदेश र बेनीमा रहेका छोराहरूले घरमा फोन गर्दा बाबाआमाको फोन नउठेपछि नजिकका छिमेकीलाई हेर्न पठाएको र छिमेकीले घरमा बाहिरबाट ताल्चा लगाएको, गोठमा गाई कराइरहेको भनी खबर गरेपछि बेनीमा रहेका छोरा घरमा आउँदा वृद्ध दम्पतीको हत्या भएको खुलेको हो ।

मृतक सूयबहादुरले हिजो राति अन्दाजी ९ बजेसम्म आफूले घर नजिकै खरबारीमा लागेको आगो निभाउन लागेको भनी वडाध्यक्षलाई फोनमा खबर गरेका थिए । स्थानीयका अनुसार दुई तल्ले घरको भुइँ तल्लाको भित्र वृद्ध भुइँमा र वृद्धा खाटमाथि पल्टेको देखिएको र भुइँमा रगताम्ये देखिएको छ । स्थानीयका अनुसार दम्पतीका दुई छोरा वैदेशिक रोजगारीका क्रममा कोरियामा रहेको र अर्का छोरा म्याग्दी सदरमुकाम बेनीमा फेन्सी पसल चलाएर बसेका छन् ।

प्रकाशित : चैत्र २०, २०८० १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×