कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

तनहुँमा पर्यटक बस दुर्घटना : ६ चिनियाँ नागरिक घाइते 

सम्झना रसाइली

तनहुँ — जिल्लाको म्याग्दे गाउँपालिका ६ शेराटारमा शनिबार बिहान पर्यटक बस दुर्घटना हुँदा ६ जना चिनियाँ नागरिक घाइते भएका छन् । 

तनहुँमा पर्यटक बस दुर्घटना : ६ चिनियाँ नागरिक घाइते 

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ प ११३९ नम्बरको पर्यटक बस सडकको दायाँ साईडमा पल्टिँदा त्यसमा सवार २६ जना यात्रुहरुमध्ये ६ जना चिनियाँ पर्यटक घाइते भएको जिल्लाका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए । उनका अनुसार घाइतेहरुको हाल जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा उपचार भइरहेको छ ।

चालकलाई नियन्त्रणमा लिई दुर्घटना सम्बधमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खाँणले बताए ।

प्रकाशित : चैत्र १०, २०८० ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×