कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

छ महिनामा ६८१ मोटरसाइकललाई कारबाही  

प्रतीक्षा काफ्ले

कास्की — कास्की प्रहरीले छ महिनामा स्वरुप परिवर्तन गरी ध्वनि प्रदुषण गर्ने ६ सय ८१ वटा मोटरसाइकललाई कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको संयुक्त पहलमा गत भदौ २५ देखी रुवरुप परिवर्तन गरी समाजमा होहल्ला गर्ने, ध्वनि प्रदुषण गर्ने, साइलेन्स पाइपबाट आगोसमेत निकाल्ने मोटरसाइकलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

छ महिनामा ६८१ मोटरसाइकललाई कारबाही  

उक्त मोटरसाइकलबाट ७ लाख ४२ हजार ७ सय राजश्व सकलन भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी सुर्यबहादुर रानाले जानकारी दिए । समाजमा होहल्ला गर्दै मोटरसाइकल पड्काउदै हिड्ने तथा ध्वनी प्रदुषण गर्ने कार्य बढेको गुनासो आएपछि प्रहरीले विहीवारदेखि कडाईका साथ चेकजााच गरेको जनाएको छ । प्रहरीका अनुसार चार दिनमा ५९ वटा मोटरसाइकल कारबाहीमा परेका छन् ।

स्वरूप परिवर्तन गरिएका मोटरसाइकलमध्ये पटके कारबाहीमा परेकालाई आवश्यक कारबाहीको लागी यातायात कार्यालय कास्कीमा पठाउने प्रहरी प्रहरी निरीक्षक रानाले बताए । ‘पहिलो पटक समातिएका मोटरसाइकललाई परिवर्तन गरिएका सामान फेर्न लगाउँछौँ’ उनले भने, ‘पहिलेको जस्तै बनाउन लगाउने र ट्राफिक नियम उल्लंघनमा जरिबाना गरी अभिभावकको जिम्मा लगाई छाड्छौ ।’

स्वरुप परिवर्तन गर्ने वर्कसपलाई समेत निगरानी गर्ने र पहिचान गरेपछि कारबाही गरिने उनले बताए । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा स्वरुप परिवर्तन, पार्टपुर्जा थप्न वा घटाउन रंग परिवर्तन गर्न नपाईने व्यवस्था छ ।

प्रकाशित : फाल्गुन २०, २०८० २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×