कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

खानेपानी ट्यांकी ५ वर्षदेखि अलपत्र

नारायण शर्मा

पूर्वी नवलपरासी — दुई वर्षमा सम्पन्न गर्ने गरी कावासोतीमा निर्माण थालिएको खानेपानी ट्यांकी ५ वर्षसम्म पनि निर्माण सम्पन्न भएको छैन ।कावासोती नगरपालिका-८ स्थित लुम्विनी कलेजको हातामा ०७५ सालमा साढे ४ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण सुरु गरिएको थियो । कामको जिम्मा लिएको ठेकेदार कम्पनीले सम्झौताबमोजिम काम गरेको छैन ।

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन इकाई कार्यालय पूर्वी नवलपरासीका प्रमुख इन्जिनियर महेन्द्र आचार्यले २ करोड ३ लाख लगानीको यो आयोजना प्रदेश सरकारको बजेट अन्तर्गत काम सुरु भएको बताए ।

'ठेकेदारलाई धेरै पटक भनियो । काम गर्दैन । बजेट पनि पर्याप्त छैन,' उनले भने, 'बजेट पर्याप्त नभएका कारण चाँडो काम गर भन्न पनि सकिएको छैन ।'

यसअघिको म्याद थपको अवधि सकिन अब २ महिनामात्रै बाँकी छ । तर ट्यांकी निर्माणको जिम्मा लिएको चितवन भरतपुरको कृपा संरक्षण जेभीले फटाफट काम नगरेका कारण निर्माणको काम सकिने अवस्था छैन ।

०७५ साल भदौमा काम सुरु गरेको ठेकेदारले त्यसको २ वर्ष भित्र यो काम सम्पन्न गर्नपर्ने सुरु सम्झौता थियो । तर सो म्याद सकिएर अहिलेसम्म दुई पटक म्याद थप भइसकेको कार्यालयले जनाएको छ ।

बजेट दिने प्रदेश सरकारले नै म्याद थप्दै पठाउँदै गरेका कारण ठेकेदारले काममा ढिलाई गरेको स्थानीयको गुनासो छ । साढे ४ लाख लिटर क्षमताको यो ओभरहेड ट्यांकी निर्माणमा ढिलाइ भइरहेका कारण सबैभन्दा धेरै जनसंख्या भएको कावासोती नगरपालिका-८ मा पानीको समस्या बढदै गएको छ ।

कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दिपकराज लम्सालले ट्यांकी निर्माणमा ढिलाइ भएका कारण घनाबस्ती भएको क्षेत्रमा पानी दिन नसकेको बताए ।

प्रकाशित : माघ २९, २०८० १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×