कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढोरपाटनमा आगलागीबाट ३० घर जले

प्रकाश बराल

गलकोट — ढोरपाटन शिकार आरक्षको मुख्य कार्यालय नजिकै शनिबार राति लागेको आगोलागिले ३० घर जलेर नष्ट भएका छन् । राति दुइबजे देखि सल्किएको आगोले ढोरपाटनको नवि भन्ने स्थानमा ३० घर जलेको प्रहरीले बताएको छ । 

ढोरपाटनमा आगलागीबाट ३० घर जले

ढोरपाटनमै रहेको सेनाको हनुमानध्वजका जवानहरुले नियन्त्रणमा लिएकोले आगोबाट २३ घर भने जोगाउन सफल भएका थिए । बिहान ८ बजे आगो नियन्त्रणमा आएको गुल्मपति रबिजंग खड्का बताए । आगो नियन्त्रणका लागि खड्काको नेतृत्वमा १ सय २३ सेना परिचालन भएका थिए ।


आगो कसरी सल्किएको भन्ने यकिन भएको छैन । उक्त स्थानमा अधिकांस घर काठको फलेकले छाएका र केही खरका समेत थिए । ढोरपाटनमा जाडो बढेकोले अधिकांस मानिस बोबाङ तर्फ झरेका छन् । केही घरमा मात्र कुरुवा बसेकोले अधिकांसको अन्न, लत्ताकपडा समेत जलेर नष्ट भएको छ ।


प्रकाशित : मंसिर ९, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?