कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देउसीभैलोबाट ‘डस्टबिन’

कान्तिपुर संवाददाता

गोरखा — सिरानचोक गाउँपालिका ७ श्रीनाथकोटको अर्कुलका युवाले देउसीभैलोबाट संकलित रकमले प्लास्टिकजन्य फोहर व्यवस्थापनका लागि डस्टबिन खरिद गरेका छन् ।

देउसीभैलोबाट ‘डस्टबिन’

१८ वटा डस्टबिन खरिद गरेर राखिएको स्थानीय प्रताप ढकालले बताए । ‘तीन दिन गाउँमै देउसीभैलो खेलेर ४० हजार संकलन गरेका थियौं,’ उनले भने, ‘मान्छेको चहलपहल हुने टोलका मुख्य–मुख्य ठाउँमा डस्टबिन राख्यौं ।’


सिरानचोक ८ को फिनामटार, अजिरकोट ५ को चनौटे र अर्कुल प्राविमा पनि डस्टबिन राखिएको उनले बताए । संघर्ष गुरुङको नेतृत्वका ४० जना युवाहरूले समूह बनाई देउसीभैलो खेलेका थिए ।

प्रकाशित : कार्तिक २९, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?