कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नवजात शिशुको हत्या

आश गुरुङ

लमजुङ — नवजात शिशुकाे हत्या आरोपमा लमजुङ प्रहरीले एक अधबैंसे महिलालाई पक्राउ गरेको छ । दूधपोखरी गाउँपालिका २, भुम्लीचोककी ४५ बर्षीया विष्णुमाया परियारले शिशु जन्माएर मारेको आरोपमा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ ।

नवजात शिशुको हत्या

डीएसपी यादव ढकालका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा ती परियारले अभियोग स्वीकार गरेका छन् । साउन १८ गते शुक्रबार अपरान्ह ४ बजेतिर परियारले आफैंले जन्माएको नवजात शिशुको घाँटी निमोठेर ‘हत्या’ गरेको प्रारम्भिक बयानका क्रममा भनेका डीएसपी ढकालले बताए । शिशुलाई प्लाष्टिकमा बेरेर शौचालयभित्र झुण्ड्याएर राखेको अवस्थामा प्रहरीले फेला परेको जनाएको छ ।


अनुसन्धान अधिकृत इन्सपेक्टर राजेन्द्र अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा उनले आफैंले जन्माएको शिशुलाई घाँटी निमोठेर प्लाष्टिकमा बेरी शौचालयमा झुन्ड्याएको स्वीकारेकी छन् । पति जीतबहादुर परियारको जाहेरीका आधारमा उनलाई प्रहरीले कर्तब्य ज्यान अभियोगमा मुद्दा चलाएर सोमबार अदालतबाट १० दिन म्याद थप गरी थप अनुसन्धान थालेको छ । उनलाई प्रहरीले आइतबार पक्राउ गरी ल्याएको बताएको छ ।

बेंसीसहरबाट करीब १ दिन लाग्ने र आधाबाटोसम्ममात्रै यातायात चल्ने भएकाले बढी समय लागेको प्रहरीले बताएको छ । परियारका १ छोरा र ५ छोरी छन् । स्रोतका अनुसार ती महिलाले ‘अबैध’ रुपमा गर्भमा रहेको बच्चाको जन्म दिएकी थिइन् । जन्मनेवित्तिकै लिंग पहिचान गर्दा छोरी रहेको देखिएपछि उक्त घटना घटेको उनले प्रहरीसामु स्वीकार गरेको स्रोतले बताएको छ ।

प्रकाशित : श्रावण २२, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?