कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

काभ्रेमा बढ्दै विपद्का घटना

काभ्रे — पछिल्लो केही वर्ष यता काभ्रेपलञ्चोक जिल्लामा विपद्का घटनाहरु बढ्दै गएको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९, २०७९/८० र चालू २०८०/८१ को चैत्र २६ गतेसम्मको तथ्यांकलाई हेर्दा वर्षेनि विपद्का विभिन्न घटनाहरु बढ्दै गएको देखिएको हो । 

काभ्रेमा बढ्दै विपद्का घटना

आर्थिक वर्ष २०७८/७९ मा विपद्‌का विभिन्न घटनामा परी ११ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक राज कुमार श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७९/८० मा १५ जनाको मृत्यु भएको र २२ जना घाइते भएका थिए ।

त्यस्तै, चालु २०८०/८१ को चैत्र २६ गतेसम्म काभ्रेमा ५ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । जिल्लामा बढ्दै गएको विपद्का घटनाहरुलाई न्यूनीकरण गर्नका लागि जिल्लास्थित विभिन्न सरोकारवालाबीच छलफल भएको छ ।

सो छलफलमा सबै स्थानीय तहले विपद् व्यवस्थापन समिति, कोष तथा उद्धार र राहत सामाग्रीहरु तयारी अवस्थामा राख्नु आवश्यक रहेकोबारे छलफल र समन्वय भएको जिल्ला विपद् व्यवस्थापन समितिकी संयोजक प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले जानकारी दिइन् ।

प्रकाशित : चैत्र ३०, २०८० १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×