२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सिन्धुली तीनपाटनका सबै वडा झिलिमिली

राजकुमार कार्की

सिन्धुली — तीनपाटन गाउँपालिकाको सबै वडा राष्ट्रिय प्रसारण लाइनमा जोडिएसँगै बिजुली बत्तीले झलमल्ल भएको छ । वडा नम्बर ७ तोस्रामखोलामा राष्ट्रिय प्रसारण लाइन पुगेपछि पालिकाका ११ वटै वडा बिजुलीले झलमल्ल भएको गाउँपालिकाले जनाएको छ ।

सिन्धुली तीनपाटनका सबै वडा झिलिमिली

गााउँपालिका अध्यक्ष कर्ण थापामगरका अनुसार आठ हजार घरधुरी मध्ये ९० प्रतिशतमा बत्ति पुगेको छ ।

१० प्रतिशत घरधुरीमा यो वर्ष बिजुली बत्ती पुर्‍याउने लक्ष्यसहित धमाधम काम भइरहेको छ । टुकी बत्ती, सोलार, लालटिनको सहाराले दैनिक जीवन बिताउँदै आएका तीनपाटनवासी गाउँमा बिजुलीले उज्यालो हुँदा खुसी भएका छन् । तोस्रामखोलाका सविन मगर घरमा राष्ट्रिय विद्युत प्रसारण लाइनको बिजुली बाल्ने धोको बल्ल पूरा भएको बताउँछन् । राष्ट्रिय प्रसारण लाइनको बत्ती बाल्न स्थानीयले पोल बोक्ने, गाड्ने र तारको काममा श्रमदान गरेका थिए ।

सिन्धुलीको ५७ हजार ५८१ घर धुरीमध्ये हालसम्म करिब ५५ हजार घरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत जोडिएको विद्युत प्राधिकरणले जनाएको छ । विद्युत बिस्तार गर्न बाँकी गोलन्जोर गाउँपालिका र दुधौली नगरपालिकाको केही वडामा केन्द्रीय योजना अन्तर्गत ६५ करोड रुपैयाँको लागतमा विस्तारको काम भइरहेको छ ।

प्रकाशित : फाल्गुन ३, २०८० ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?