कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

मोटरसाइकल दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु

प्रताप विष्ट

हेटौंडा — मकवानपुरगढी गाउँपालिका–२ धुवाडीपुल नजिक बिहीबार मोटरसाइकल दुर्घटना हुँदा चालकसहित एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी-२ कुर्ले पाखाका भीमबहादुर स्याङ्तान, उनकी पत्नी रुपा र छोरी छन् । 

मोटरसाइकल दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु

सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुल छेउबाट करिब १२ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

रुपा र उनकी छोरी करिब ७ महिनाकी शिशुको घटनास्थलमा मृत्यु भएको हो । दुर्घटनामा सख्त घाइते भएका मोटरसाइकल चालक भीमबहादुरलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपश्चात् चितवनतर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रकाशित : मंसिर १४, २०८० १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?