२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

काठमाडौं महानगरद्वारा बजार अनुगमन तीव्र

काठमाडौँ — काठमाडौं महानगरपालिकाले घरवहाल कर लगायतको बजार अनुगमनलाई तीव्र पारेको जनाएको छ । वैशाख २१ गतेबाट सुरु गरेको महानगरको घरवहाल कर लगायतको बजार अनुगमन आजसम्म पनि जारी छ । 

काठमाडौं महानगरद्वारा बजार अनुगमन तीव्र

महानगरपालिकाको राजस्व विभागले ‘अनुगमन टोली परिचालन कार्यक्रम-२०८०’ अभियानको रुपमा तीन प्रकारका राजस्व अनुगमन टोलीको व्यवस्था गरेर बजारमा पठाएको हो । महानगरले जनप्रतिनिधि, कर्मचारी, राजस्व विभाग कर्मचारी सहितको टोलीले पसल तथा कम्प्लेक्सहरुमा घरवहाल कर र महानगरलाई तिर्नुपर्ने कर तिरे/नतिरेकोबारे अनुमगन थालेका हुन् । महानगरले कर बुझाउने करदातालाई धन्यवाद दिने र कर नबुझाउने करदातालाई कर तिर्न आग्रह गर्ने अभियान चलाएको बताएको छ ।

महानगरको टोलीले न्युरोड क्षेत्रमा अनुगमन गर्दा व्यवसाय दर्ता भए पनि नवीकरण नगरेको र घरवहाल करमा समस्या देखिएको काठमाडौं महानगर राजस्व विभागका राजस्व अधिकृत रामजी श्रेष्ठले बताए । उनले नेपाल सरकार र महानगरलाई पनि घरवहाल कर तिर्नुपर्ने भएकाले समस्या देखिएको बताए ।

बहालकर तिर्ने रकम फरक पाइएकाले महानगरपालिकाले विचार गर्नुपर्ने देखिएको उनको भनाइ छ ।

उनले भने, ‘यथार्थ वहाल कर, व्यवसाय कर तिरेको हो कि होइन भन्नेकुरा मापन गर्न खोजेका हौं । कतै-कतै फरक देखिएको छ । व्यवसाय त धेरै छ, नवीकरण गर्न बाँकी छ, फाट्टफुट्ट दर्ता भएको छ । उनहरुलाई हामीले दर्ता गर्न निर्देशन दिएका छौं । हुन्छ भन्नुभएको छ ।'

महानगरपालिकाले वहाल करलाई व्यवस्थित गर्न तथा बहाल लिने र दिने बीचका सर्त व्यवस्थापन गर्न ‘वहाल व्यवस्था कार्यविधि’ समेत जारी गरेको छ ।

प्रकाशित : जेष्ठ २, २०८१ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?