२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

वीरगन्ज गइरहेको भारतीय कन्टेनरबाट एक हजार केजी गाँजा बरामद 

प्रताप विष्ट

हेटौंडा — वीरगन्जतर्फ भइरहेको भारतीय नम्बर प्लेटको कन्टेनरबाट करिब एक हजार किलो गाँजा बरामद भएको छ । चितवनको खुरखुरेबाट वीरगजतर्फ जान आएको एनएल ०१ एसी २१४५ नम्बरको ६ चक्के डिब्बावाल कन्टेनरलाई सशस्त्र प्रहरीको टोलीले चेक गर्दा गाँजा बरामद गरेको हो ।

वीरगन्ज गइरहेको भारतीय कन्टेनरबाट एक हजार केजी गाँजा बरामद 

सशस्त्र प्रहरीको १४ नम्बर गण हेडक्वाटर मकवानपुरका अनुसार हेटौंडा बसपार्कमा आइतबार कन्टेनरबाट ९ सय १९ किलो ३ सय २४ ग्राम गाँजा बरामद भएपछि चालक, सहचालकलाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्नेमा भारत बलरामपुर बिर्तापुरका ४५ वर्षीय दुलारे यादव र सहचालक ३६ वर्षीय योगेश वर्मा छन् ।

सशस्त्रका डीएसपी अनिल कार्कीका अनुसार कन्टेनरको ड्राइभर पट्टीको भित्तामा २ फिटको फल्स बटम बनाएर गाँजा ल्याएको अवस्थामा फेला पारेको हो ।

फल्स बट्ममा प्लाष्टिकले प्याक गरेको ६० वटा पोकामा गाँजा फेला परेको छ ।

प्रकाशित : भाद्र ३१, २०८० १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?