कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

कृषि तथा वन विज्ञान विश्वविद्यालय र अमेरिकाको टस्किगी विश्वविद्यालयबीच साझेदारी

रमेशकुमार पौडेल

चितवन — चितवन रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)ले अमेरिकाको टस्किगी विश्वविद्यालयसँग कृषि उच्च शिक्षाका लागि साझेदारी सुरू गरेको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय र अमेरिकाको टस्किगी विश्वविद्यालयबीच साझेदारी

अमेरिकी विकास नियोग यूएसएआईडीले उक्त साझेदारी कोषका लागि ५० लाख अमेरिकी डलर अर्थात् नेपाली रूपैयाँ करिब ६५ करोड उपलब्ध गराउने भएको छ ।

यूएसएआईडीका एजेन्सी काउन्सिलर क्लिन्टन व्वाइटले बिहीबार सौराहामा आयोजित कार्यक्रममा साझेदारी कार्यक्रमको उद्घाटन गरेका छन् ।

एएफयूको अनुसन्धनात्मक क्रियाकलाप बढाउन र शिक्षण विधि सुदृढ गर्न साझेदारी भएको हो । यसले विश्वविद्यालयको क्षमता तथा विद्यार्थीको संख्या र ज्ञानको गुणस्तर बढ्ने आशा लिएको स्वागत भाषणका क्रममा टस्किगी विश्वविद्यलयका डीन तथा निर्देशक डा.ओल्गा बोल्डेनले बताइन् ।

साझेदारीअन्तर्गत पाँच वर्षसम्म विभिन्न क्रियाकलापहरू हुनेछन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति पुण्यप्रसाद रेग्मीले साझेदारी एएफयू जस्तो नयाँ विश्वविद्यालयको क्षमता विकासमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । यूएसएआईडीले टस्किगी विश्‍वविद्यालयलाई नेपाली साझेदार सद्गुरू इन्कर्पोरेटेडसँगको सहकार्यमा सहयोग उपलब्ध गराएको हो ।

प्रकाशित : जेष्ठ ३२, २०८० १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x