कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दोलखा महोत्सव सुरु 

केदार शिवाकोटी

दोलखा — सदरमुकाम चरिकोटमा शुक्रबारबाट दोलखा महोत्सव सुरु भएको छ । आर्थिक गतिविधि चलायमान बनाउन र पर्यटकीय क्षेत्र तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्न दोलखा चेम्बर्स अफ कमर्सले महोत्स्व आयोजना गरेको हो ।

दोलखा महोत्सव सुरु 

फागुन २७ गतेसम्म आयोजना हुने महोत्सवमा कृषि तथा घरेलु हस्तकला प्रदर्शनी, औद्योगिक तथा व्यापारिक प्रदर्शनी, जातीय सांस्कृतिक झलकहरु, बाल उद्यान, झाँकी तथा र्‍याली, लोकनृत्य प्रतियोगिता, खाना महोत्सव, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, शैक्षिक सामग्री तथा विज्ञान प्रदर्शनी साथै पर्यटकीय क्षेत्रको प्रचारप्रसारलगायत कार्यक्रम हुने नेपाल चेम्बर अफ कमर्स दोलखाका अध्यक्ष विष्णु श्रेष्ठले बताए ।

१ सय ३० वटा स्टल रहको महोत्सवले जिल्लामा आन्तिरक पर्यटनको सम्भावना खोजी र प्रवर्द्धन गर्न अन्तरक्रिया लगायतका कार्यक्रमसमेत हुने श्रेष्ठले बताए । यस्तै महोत्सवबाटै जिल्लाको ऐतिहासिक र धार्मिक महत्वका स्थानको समेत प्रचारप्रसार प्रवर्द्धनका कार्यक्रम संचालन गरिने उनले बताए । महोत्सवमा कुल एक करोड खर्च हुने अनुमान गरिएको छ । महोत्सवलाई सफल बनाउन चरिकोट बजारमा जातजातीको झाँकीहरुको र्‍याली आयोजना गरिएको थियो ।



प्रकाशित : फाल्गुन १९, २०७९ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?