२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

स्रोत नखुलेको रकमसहित सर्लाहीमा ५ जना पक्राउ

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाही सदरमुकाम मलंगवाबाट स्रोत नखुलेको रकमसहित बिहीबार साँझ पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्रोत नखुलेको रकमसहित सर्लाहीमा ५ जना पक्राउ

सदरमुकाम मलंगवाबाट भारतको सोनवर्षातर्फ जाँदै गरेको बा ३० प ६३१३ र बा ९१ प १३२५ नम्बरको मोटरसाइकल शंका लागेपछि गोरखकाली प्रहरी चौकीअगाडि जाँच गर्दा लुकाई राखिएको २ लाख ५० हजार भारतीय रुपैयाँ र १ लाख ७० हजार नेपाली रुपैयाँसहित मोटरसाइकलमा सवार पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

अवैध रकमसहित पक्राउ पर्नेमा हरिवन नगरपालिका-२ का २३ वर्षीय इन्द्रबहादुर कार्की, २८ वर्षीय कमल दर्लामी, ३४ वर्षीय सन्जिव तामाङ, २५ वर्षीय लेखबहादुर दर्लामी र लालबन्दी नगरपालिका-१ घर भई मलंगवाको बाबा अटो सर्भिसमा काम गर्ने ३१ वर्षीय नुरहसन साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनएको छ ।

उनीहरुको साथबाट बरामद गरिएको रकमको स्रोत देखाउन सकेका छैनन् । प्रहरी उपरीक्षक नरेशराज सुवेदीले स्रोत नखुलेको रकमसहित पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको जानकारी दिए । पक्राउ परेकाहरु हुन्डीको कारोबारी हुनसक्ने प्रहरीको आशंका छ ।

प्रकाशित : जेष्ठ १९, २०८० ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?