मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र 

वैशाख ३०, २०८१

अजित तिवारी

The Maoist center left the Madhesh government

जनकपुर — नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । माओवादी केन्द्रबाट मन्त्री बनेका विना विभागीय मन्त्री भरतप्रसाद शाह र उद्योग बाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले आइतबार अपरान्ह मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष सामुहिक राजीनामा बुझाएका हुन् ।

यससँगै माओवादी केन्द्र प्रदेश सरकारबाट बाहिरिएको छ । अर्को सत्तारुढ दल नेकपा एमाले पनि आजै सरकार छोड्ने तयारी छ । उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएपछि मधेसमा सरकार फेरबदल हुन लागेको हो । 

एमाले र माओवादी केन्द्रले सरकार छोडेपछि जसपा नेपालका यादव नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ । 

The Maoist center left the Madhesh government

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully