३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

सहकारीको ८० लाख लुट्ने दुई पक्राउ

अजित तिवारी

जनकपुर — जनकपुरको एक बैंकबाट सहकारी संस्थाको ८० लाख रुपैयाँ झिकेर लग्दै गर्दा बाटैमा नगद लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट १४ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको धनुषा प्रहरीले जनाएको छ । 

वैशाख १४ गते करिब बिहान पौने १२ बजेको समयमा जनकपुर उपमहानगर–११ को थुमौनास्थित पोखरी नजिक शुभ श्री बचत तथा ऋण सहकारी संस्था रघुनाथपुरको ८० लाख रुपैयाँ लुटिएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उक्त लुटपाटमा संलग्न रहेका दुईजनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले भने दुवै जनाको नाम सार्वजनिक गरेको छैन ।

जनकपुर–१३ को प्रगतिनगर बस्ने ५५ वर्षका वीरेन्द्र महतोले ज७प ५१५१ नम्बरको मोटरसाइकलमा क्याट लेखिएको कालो ब्यागमा हिमालयन बैंकको जनकपुर शाखाबाट ८० लाख रुपैयाँ झिकेर फर्किँदै गर्दा लुटपाट भएको थियो ।

प्रकाशित : वैशाख ३१, २०८१ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?