प्रधानमन्त्री ओलीले प्रदेश २ को सभालाई सम्बोधन गर्ने

सन्तोष सिंह

जनकपुर — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । प्रदेश सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी मुख्यमन्त्री लालबाबु राउतबाट प्राप्त भएको प्रदेश २ का सभामुख सरोज कुमार यादवले बताए ।

ZenTravel

भदौ २ गते ११ बजे बस्ने प्रदेश सभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने मुख्यमन्त्री लालबाबु राउतले पुष्टी गरेका छन् । 'प्रधानमन्त्रीले प्रदेश सभा सम्बोधन गर्ने तयारी भएको छ,' मुख्यमन्त्री राउतले भने, ‘प्रदेश सरकारले उहाँको स्वागत गर्ने छ ।’

Meroghar


प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश सभामा सम्बोधन गर्ने मौखिक जानकारी आएपनि पत्र नआएको तर तयारी प्रक्रिया सुरु भइसकेको प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुयालले बताए ।

प्रकाशित : श्रावण २९, २०७५ १२:१७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

प्रहरी स्कर्टिङकै ट्रकमा बम प्रहार

मनोज पौडेल

कपिलवस्तु — प्रहरी स्कर्टिङमा रहेकै बेला पूर्व–पश्चिम राजमार्गस्थित शिवराज नगरपालिका–१ बनकसबासा जंगलमा मंगलबार बिहान अज्ञात समुहले ना५ख ४९२२ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरेको छ । 



कपिलवस्तुको सीमा धानखोलाबाट प्रहरीले स्कर्टिङ गरि चन्द्रौटातिर सवारी साधन ल्याइरहेको बेला बिहान ९ बजे पेट्रोल बम प्रहार गरिएको थियो। ट्रकको चालक पट्टीको माथिल्लो ढालामा सामान्य क्षति भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। विस्फोट गराउनेको खोजी भइरहेको वडा प्रहरी कार्यालय निरीक्षक महेश्वर उपाध्यायले बताए।।

प्रकाशित : श्रावण २९, २०७५ १२:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×