कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

श्रम कार्यालयमा ठगी गर्ने पक्राउ 

धनुषा — जनकपुरस्थित श्रम तथा रोजगार कार्यालय अगाडि सेवाग्राहीलाई ठगी गरेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अनुमति नलिई अनलाइन फारमा भर्न जबर्जस्ती ठगी गर्ने ७ जनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।


महोत्तरी, सोनमा गाउँपालिका १ का २३ वर्षीय पशुपति अधिकारी, काठमाडौं ठुहा नगरपालिका–५ का ३२ वर्षीय आर्सी श्रेष्ठ, धनुषा गणेशमान चारनाथ नगरपालिका–३ का २२ वर्षीय नरेश ठाकुर, धनुषा कमला नगरपालिका–२ का २३ वर्षीय त्रिभुवन यादवलाई प्रहरीले पक्राउ गरेको हो ।


प्रहरीले मिथिला बिहारी नगरपालिका–३ भुतही पटेर्वा बस्ने २८ वर्षीय जयप्रकाश साह, महोत्तरी जलेश्वर नगरपालिका–१२ का ३२ वर्षीय रामपुकार महतो र सर्लाही मलंगवा नगरपालिका–७ का २३ वर्षीय बलराम महतोलाई पक्राउ गरी ठगी मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनीहरूका साथबाट ल्यापटप र प्रिन्टरसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : माघ १६, २०७५ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?